-किशोर तामाङ
पुनर्वास ०२ पुष
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सँस्करणको खेल एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ।
अरनिको खेलकुद विकास समिति अरनिको भेट्रान क्लब द्धारा सबैका लागि र स्वस्थ्यका लागि खेल भन्ने मुलनाराका साथ ख्रिष्ट्रियनहरुको महान चाड क्रिसमसको शुभ अवसर पारेर मैत्रीपुर्ण खुल्ला भेट्रान्स फुटबल प्रतियोगिता २०७६ सञ्चालन गरिएको छ ।
अरनिको भेट्रान क्लबका अध्यक्ष मान बहादुर तामाङ्गको सभापतित्वमा सञ्चालन भएको उदघाटन खेलमा नगरप्रमुख जीवनराज थापाको प्रमुख अतिथ्य रहेको थियो। यसरीनै कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष जित बहादुर तामाङ, सदस्य लालमान तामाङको, विशिष्ट अतिथ्य र बल बहादुर तामाङ, भरत पाख्रीन, मिन बहादुर, टेक बहादुर तामाङ्गका साथै थुप्रै अतिथिगणहरू अतिथि दिर्घामा आसिन रहेका थिए।आजको उदघाटन खेलको शुरूवाती चरणमा प्रमुख अतिथि र अतिथिगण द्वारा मैदान प्रवेश गरि खेलाडी हरूलाई शुभकामना व्यक्त गर्दै निर्णायक मण्डललाई प्रमुख अतिथि नगरप्रमुख थापाले बल हस्तान्तरण गरि खेल सञ्चालन गरिएको थियो ।
आज पहिलो चरणको पहिलो खेलमा लालझाडी भेट्रान भरसेस टि वाई सि “ङ गाउँ” विच खेल भएको थियो। खेल एक एक गोलको बराबरीमा समाप्त भएपछि पेनाल्टी सुट आउट बाट टुङ्गोमा पुर्याएको थियो। पेनाल्टी सुट आउटमा लालझाडी भेट्रानले टि वाई सी भेट्रानलाई ३-५ गोल अन्तरले स्तब्ध पार्दै लालझाडी दोस्रो चरणमा प्रवेश गर्न सफल बनेका छन्। भोली दिउसो १बजे बिरेन्द्र भेट्रान बल भद्र बस्ती भर्सेस निर्माण ब्यवसायी धनगढी बिच हुने आयोजकले जनाएको छ । आजको उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख थापाले नगरको र नगरवासीहरु को सर्वाङ्गीण विकासको लागि खेलकुदले ठुलो भुमिका निर्वाह गर्ने जिकिर गर्नुभयो। तसर्थ आफु पनि खेलाडी भएको पुरानो दिनको स्मरण गर्दै खेलकुदको बिकासमा नगरको प्रथामिकता रहने बताउनुभयो |
कैलाली र कञ्चनपुरका गरि १२टिमको सहभागिता रहेको उक्त मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता यहि पुष १४ गते सम्म चल्नेछ। बिज्ञान एच आर मेनेजमेन्ट प्रा लि काठमाडौँ अफिसियल पर्टनर रहेको यस फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५हजार र दिर्तीय हुने टिमले ४०हजार प्राप्त गर्ने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले जानकारी दिनुभयो।
भरत तामाङको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन किशोर तामाङ ले गरेका थिए।