धनगढी १३ पुस/रकस्टार र फीस रिसोर्टको आयोजनामा पुसे १५ र न्युु ईयर ईभको बिशेष कार्यक्रम हुने भएका छ। रक स्टार मिडिया हाउसको आयोजनामा फीस रिसोर्टमा कार्यक्रम हुने भएको हो।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा कार्यक्रमको आयोजना गरिने रक स्टारका अध्यक्ष जितेन्द्र रावलले बताए।कलाकारहरुमा राष्ट्रिय गजल गायक राज सागर, डिजे रकेट, स्टार सोस्यारा, धिर विक्रम सिहं, भिजी डान्स स्टुडियोको प्रस्तुति रहने उनले बताए।यस्तै राती सञ्चालन हुने कार्यक्रम गर्न समयको पावन्दीका कारण समस्या रहेको रावलले बताए ।
उनले धनगढीमा कार्यक्रम गर्न पनि अहिलेको समयमा समस्या रहेको बताएका छन्।