धनगढी २९ मंसिर- कैलालीमा अज्ञात समुहले स्काईभेटरमा आगजनी गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटीया खोलामा ढुंगा, गिट्टी वालुवा निकाल्न राखेको बा २ क ९७४८ नम्बरको स्काईभेटरमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त स्काईभेटरको ईञ्जिनमा आसिंक क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको उनले बताए।
