• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आजको सम्पादकीय : कर्मचारीलाई सल्लाहकारको प्रवचन, सरकारको मनसाय नबुझेको भन्दै चेतावनी

पत्रपत्रिकाबाट
आज प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्रीका सल्लाहकारले सबै मन्त्रालयका प्रवक्तालाई बोलाएर दिएको निर्देशन, विकास निर्माणमा भएका ढिलासुस्ती एवं अनियमितता र बेलायतमा भएको निर्वाचनका विषयलाई सम्पादकीय बनाएका छन् ।

अन्नपूर्ण पोस्ट्ले सल्लाहकारले कर्मचारीतन्त्रलाई निर्देशन दिनु गैरशासकीय शैली र अनधिृकत हस्तक्षेप भएको उल्लेख गर्दै ‘सल्लाहकारको सन्त्रास’ शीर्षकमा सम्पादकीय लेखेको छ । अनुचित राजनीतिक स्वार्थ पूरा गराउने उद्देश्यका साथ त्यस्ता कार्य हुने गरेको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ– प्रधानमन्त्रीका सल्लाहकारहरुले अनधिकृत रुपमा कर्मचारीतन्त्र चलाएर गैरकानुनी काम गरेका छन् । सल्लाहकारको अधिकार क्षेत्र जसले नियुक्ति दिएको हो, उसलाई आवश्यक परेका खण्डमा सल्लाह दिने हो तर प्रधानमन्त्रीका सल्लाहकारले सबै मन्त्रालयका प्रवक्तालाई बोलाएर के गर्ने÷के नगर्ने निर्देशन दिएका छन् ।।।।जुन राजनीतिक दम्भको चरम नमुना हो । त्यतिमात्र होइन, सरकारी निर्णयहरुमा सल्लाहकारहरु नै हाबी भएको यसले देखाउँछ ।

कान्तिपुरले सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यमा कागज मिलाएर वा रकम फरफफरक गरेर वर्षौदेखि ‘बेहिसाब’ भइरहेको खर्च डरलाग्दो लेखिएको उल्लेख गर्दै ‘खप्तडका नाममा दोहन’ शीर्षकमा सम्पादकीय लेखेको छ । खप्तड क्षेत्रमा पर्यटनका लागि बाटोघाटो र बसोबासस्थल लगायतका पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा करिब आधा अर्ब रुपैयाँ खर्च भइसकेको छ तर पर्यटकलाई धुम्न न सजिलो बाटो छ, न त गन्तव्य देखाउने संकेत चिह्न नै ।’ सम्पादकीयमा उल्लेख छ ।

त्यस्तै आजको नयाँ पत्रिकाले विकास निर्माणमा देखिएको तमासाका विषयमा आज सम्पादकीय लेखेको छ । निर्माणधिन कयौं योजना निर्धारित समयमा नसकिएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ– बिजुलीका पोलमा टौवा बन्ने र मेलम्चीको सुरुङमा कमिला हिड्ने अवस्था आउनु हाम्रो विकासे परियोजनामा देखिने अनौठा तमासा हुन् ।

यही डिसेम्बर १२ मा भएको बेलायतको निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसनले बहुमत प्राप्त गरेको विषयलाई आजको नागरिक दैनिकले सम्पादकीय बनाएको छ । ‘बेलायती चुनावको सन्देश’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –प्रधानमन्त्री जोनसनलाई अब युरोपेली संघसँग गर्ने कुनै पनि सम्झौतालाई संसद्बाट पारित गर्न कठिन हुनेछैन । तसर्थ जनवरी ३१ को समयसीमा भित्रै बेलायतलाई युरोपेली संघबाट बाहिरिन सजिलो हुनेछ ।

त्यस्तै नेपाल समाचारपत्रले पनि ‘बेलायती निर्वाचनको पाठ’ शीर्षकमा सम्पादकीय लेख्दै लोकतान्त्रिक समाजवादलाई स्थायित्व प्रदान गर्न यसका पक्षधरहरुले अझ बढी गम्भीररुपले लाग्न आवश्यकता औंलाएको छ । बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता बोरिस जोन्सनको हातमा शासकीय बागडोर आएपछि ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त बहन गर्ने विश्वका उदारवादी राजनीतिक शक्तिहरु सतर्क हुनुपर्नेमा सम्पादकीयमा जोड दिइएको छ ।

कारोबार दैनिकले कामको खोजीमा विदेशीने नेपालीले न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको उल्लेख गर्दै ‘विदेशसिने कामदारको दक्षता अभिवृद्धि’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– वैदेशिक रोजगारीलाई नै रोजगारी व्यवस्थापनको तत्कालिन माध्यम मानिरहने हो भने यस क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि सरकारले ठोस पहल गर्नैपर्छ ।

सरकारले विभिन्न वर्गलाई लक्षित गरी सबैभन्दा बढी नागकिलाई सहुलियत ऋण दिने योजना बनाए पनि यसको प्रक्रियाका बारेमा सेवाग्राही स्पष्ट नहुँदा सरकारी लक्ष्य पूरा हुन नसकेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– ‘रोजगारी र स्वरोजगारी सृजना गर्न तथा उद्यमशीलताको विकास गर्न सरकारले सहुलियत ब्याजको ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो । तर, लक्षित वर्गले यसको प्रक्रियाबारे पूर्ण जानकारी नपाउँदा तथा सरोकारवाला संस्थाहरुबीच समन्वय नहुँदा यस्तो ऋण धेरैले पाउन सकेका छैनन् ।

उता गोरखापत्रले स्वदेशमै उत्पादन हुने विद्युत् सस्तो हुने भएकाले हरेक घरमा विद्युतीय चुलो हुनुपर्नेमा जोड दिँदै ‘विद्युतीय ऊर्जाको प्रयोग’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा विद्युतीय ऊर्जालाई भान्सामा प्रयोग गर्न सकेको अवस्थामा खेर गएको ऊर्जालाई सस्तो दरमा प्राप्त गर्न सकिने र एलपी ग्यासलाई विस्थापित गरेर ठूलो रकम विदेशीनबाट रोक्न सकिने उल्लेख गरिएको छ ।

आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.