मुम्बई । बलिउड स्टार सलमान खान १२ डिसेम्बरमा मेकअप म्यानको छोराको विवाहमा गएका थिए । उनी विवाहमा पुगेको देखेर सबै छक्क परे । मुम्बईमा भएको यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा सलमान मेकअप म्यान राजु नागको छोरा गौर नागको पार्टीमा खिचाइएको हो । सलमानले दुलहा दुलहिको साथमा तस्बिर खिचे साथै उनीहरुलाई सुभकामना पनि दिएका थिए ।
सलमान विवाहमा सहभागी भएकोमा राजुले आभार प्रकट गरेका छन् । राजु २५ वर्षदेखि सलमानको मेकअप गर्दै आएका छन् । सेलिब्रेटी तथा फेटोग्राफर वियर बयानीले बताए अनुसार राजुले सलमानको लागि हरेक वर्ष तिरुपति मन्दिरमा गएर कपाल मुन्डने गरेका छन् ।
उनको मनमा सलमानको लागि निकै सम्मान छ । यसी सलमानले राजुको छोराको विवाहमा पुग्दा उनका फ्यानहरुले सलमानको प्रसंसा गरेका थिए । इन्स्ट्राग्राममा भाइरल भएको तस्बिरमा एक फ्यानले लेखेका छन् –‘त्यसैले सलमानलाई दर्शकले भाइजान भन्ने गरेका हुन् । भाइले मेरो मन जिते । एक अर्को युजर्सले भने –‘सलमानले विवाह यादगार बनाइदिए ।’