मुम्बई । अभिनेत्री प्रयंका चोपडा र गायक निक जोन वेब सिररिजकौ एक अमेजन प्राइमको भिडियो सार्वजनिक भएको छ । जुन उनीहरुको संगीत उत्सबमा आधिारित हुनेछ । यस्तो किसिमको ‘वेब सिररिज’ विश्वमा पहिलो पटक हुँदैछ ।
यो विवाहमा एक रितिरिवाजको रुपमा हुने कार्यक्रमको बारेमा दर्शकले ‘वेब सिरिज’ हेर्न पाउने छन् । यो विषयको घोषण इन्स्ट्राग्राममा मार्फत प्रियंकाले गराएकी हुन् । एक अङग्रेजी वेबसाइडको स्क्रिन सेयेर गर्दै प्रियंकाले लेखेकी छन् –‘ हाम्रो विवाहको संगीतमा हामीले दुबै परिवारले साथमा रमाइलो गरेका छौ । त्यो एक यस्तो प्रस्तुति हो जहाँ हाम्रो प्रेम कहानी देखाइएको छ । हामीले जीवनमा भुल्नै नसक्ने एक विशेष समय । ’ प्रियंकाले अगाडी लेखेकी छन् –‘आफ्नो नयाँ प्रोजेक्टको घोषणा गर्न पाउँदा निक र म निकै उत्साहित छौ । अहिले यसको टाइटल राखिएको छैन ।
हामी यसमा हाम्रो विवाहको एकदिन पहिलेको त्यो अविस्मरणीय एक पललाई देखाउँने छौ । जुन संगीत र नाँच परिवार, साथीभाइबाट आएको खुसीमा हुनेछ । यो हाम्रो संगीत प्रोजेक्ट हो । विवाहको पहलो वर्षगाठको सुभकामना छ बेबी ९निक जोन ० यो हाम्रो पहिलो प्रोजेक्ट हो । ’ प्रियंकाले फेरी लेखेकी छन् –‘यो अदु्रत अनुभव भएका त्यो जोडीहरुलाई शेयर गर्न चाहन्छु । जो विवाहको लागि तयारीमा छन् । । यदी २०२० मा विवाह गर्ने तयारी छ भने तपाईहरु हाम्रो विवाहको एक भागबाट रमाइलो गर्नुस् यसले तपाईको विवाहमा रौनक थप्न सहयोग गर्नेछ । ’ यो सिररिजको काष्टिंग फाइनल भएको छैन ।
तर निक र प्रियंकाले यो सिरिजमासँगै काम गर्ने छन् । यो केवल ‘वेब सिरिज’ मात्र भन्दा पनि यसलाई एक विशेष बनाउने काम गरिने छ । साथीभाई आफ्नता सबैले रमाइलो गर्न पाउँने छन् । सिररिजलाई राम्रो बनाउन रिहर्सल गरिने छ । प्रियंकाले एक अन्तर्वार्ताा भनिन् –‘यो हप्ता हामीले आफ्नो वर्ष गाठको अवसरमा हाम्रो संगीतको भिडियो हेरेका थियौं । हामीले भिडियो हेर्दै गर्दा फेरी त्यही साथीभाई , आफ्न्त सबैलाई याद गरेका थियौं । हामीमा फेरी त्यही दिनको जोसजाँगर आइरहेको थियो । त्यो समय दुई परिवारको परिचय र सम्बन्धको बारेमा जानकारी दिने काम एक विशेष हुन्छ । प्रियंका र निकले २०१८ मे र डिसेम्बर २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । यो विवाहको सबै कार्यक्रम गोप्य रुपमा सम्पन्न भएको थियो । विवाहमा फोटोसुटको लागि मात्र १७ करोडमा सम्झौता गरिएको थियो ।