धनगढी, १२ भाद्र/कञ्चनपुरको बेलौरीमा डेङ्गी रोगको संक्रमणका कारण एक युवाको ज्यान गएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ स्थित स्कुल टोलमा बस्ने २८ बर्षीय हिक्मत खत्रीको डेङ्गीबाट संक्रमित भई ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
अत्यधिक ज्वरो आएपछि धनगढी स्थित नोभा अस्पतालका लगिएका खत्रीको उपचारकै क्रममा गएराति मृत्यु भएको बताइएको छ । खत्रीका एक श्रीमती र दुई छोरा रहेका छन् । उनी बेलाबेलामा भारतमा गई रोजगारी गर्दै आएका थिए । उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए । भारतबाटै डेङ्गी संक्रमित भए वा घर फर्किएपछि भन्ने विषयमा खुल्न नसकेको सोही ठाउँ बस्ने तीर्थराज बोहराको भनाइ छ ।
