कैलालीमा फेरी ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक ९डिएसपी० दक्षकुमार बस्नेतले अस्थायी प्रहरी पोष्ट चटकपुरबाट असई गजेन्द्र चन्दको नेतृत्वमा रहेको प्रहरी टोलीले धनगढी ३ मा रहेको भद्रकाली अटोमोबाईल्सका संचालन २५ बर्षिय अनिल विष्ट सहित ३ जना पक्राउ गरेको बताए ।
उनले पक्राउ परेकाहरुको साथबाट ३ पाृेका ब्राउन सुगर समेत फेला पारेको जानकारी दिए । अनिलले भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर नेपालमा ल्याई आफ्नै पसलबाट स–सानो पोका बनाएर विक्री गर्ने गरेको जानकारी आएपछि प्रहरीले निगरानी बढाएको डिएसपी बस्नेतले बताए ।
अनिलसंगै पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १३ का २३ बर्षिय शुशिल थापा र वडा नम्बर २ रामजानकी टोल बस्ने २७ बर्षिय गोविन्द विष्ट रहेको डिएसपी बस्नेतले जानकारी दिए ।
अनिल आफैले संचालन गरेको अटोमोबाईल्स उनले पक्राउ परेकाहरुलाई लागु औषध ओसारपसारमा मुद्दा चलाईने बताए ।