गजल
बोकेर सपनाको भारि कहाँ पुगिएला ,
यो पागल मन बिगारि कहाँ पुगिएला ।
भेट्न पाए ठाउ थकित मन बिसाउने ,
भित्रयाए झन बुहारि कहाँ पुगिएला ।
गाउँ छोडियो सुखको लोभले,
बाजै राखि खेत बारि कहाँ पुगिएला ।
बादल पारि हो जति हतार गरेपनि,
मृत्यु भन्दा त पारि कहाँ पुगिएला ।
सर्जक रिवान्स धामी