महेन्द्रनगर , ३२ साउन / कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर -७ कालापानीमा रहेको बाताबरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको छ ।
“राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको जानकारी सामुदायिक वनले जानकारी दिएको बताए । पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने वार्डेन मेहताको भनाइ छ ।
उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।”