एजेन्सी ।
बंगलादेशलाई विश्वमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव पर्ने देशमध्ये एकमा गनिन्छ । यस देशको दक्षिणी तटीय क्षेत्रका लाखौँ वासिन्दा बढ्दो समुन्द्रको स्तर र अनियमित मौसम स्थितिहरुका कारण विस्थापित हुने गरेका छन् ।

दक्षिण एसियाली राष्ट्र बंगलादेशले सन् १९९०देखि २०१८को बीचमा ७० वटाभन्दा आँधीको सामना गरेको छ, जसमा उष्ण आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । बंगलादेशमा यसै वर्ष पनि फानी र बुलबुल जस्ता दुई खतरनाक सामुन्द्रिक आँधीले लाखौँ बालीनाली क्षति गर्नुका साथै जनजीवन प्रभावित गरेको थियो ।

युनिसेफको गत एप्रिलको रिपोर्ट अनुसार, झण्डै दुई करोड बालबालिका जलवायु परिवर्तनबाट हुने आपत जस्तै बाढी तथा आँधीको जोखिममा छन् ।

एक नयाँ रिपोर्टका अनुसार, बंगलादेशी सरकारले ग्रामीण परिवारलाई जलवायु परिवर्तनबाट हुने क्षतिको रोकथाम तथा निवारण उपायहरुमा एक वर्षमा दुई अर्ब डलर खर्च गरिरहेको छ ।
(तस्विर : अलजजिरा )

