काठमाडौं ।
फिल्म ‘प्रेम गीत ३’ को सुटिङ अहिले धमाधम चलिरहेको छ । फिल्मको टीम काठमाडौंमा बनाइएको सेटको सुटिङ सकेर अहिले थप सुटिङका लागि मनाङ पुगेको छ ।
निर्माता सन्तोष सेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको सुटिङका केही तस्बिरहरु राखेका छन् । तस्बिरमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको साथमा उनी पनि देखिएका छन् । तस्बिरको साथमा उनले फिल्मको तीन पात्रको नाम लेख्दै प्रर्दशन मिति लेखेका छन् ।

फिल्मको निर्माण टीमले केहीदिन अघि मात्र एक पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरमा नायक शिव श्रेष्ठको रुप देख्न सकिन्छ । चेतन गुरुङ र मन्दीप गौतमले लेखेको फिल्मलाई चेतनसँगै सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।
सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
