पत्रकारिता एक विशुद्ध सेवामूलक पेशा हो । पत्रकारितालाई राष्ट्रको चौथो अङ्गका रुपमा लिने गरिन्छ । जब कुृनै पनि देशमा पत्रकार र पत्रकारिता बिना नै राज्यका यावत गतिविधि गरिन्छ भने त्यहाँ नैतिक प्रश्न चिह्न पैदा हुन्छ । यस कारण असल पत्रकार राष्ट्र निर्मता पनि मान्न सकिन्छ । विश्वका अधिकांश राष्ट्रले पत्रकारलाई चौथो अङ्ग मान्नुको मुख्य कारण मान्न सक्छौ ।
म एक पत्रकार हुँ मलाई गर्व छ , म कसैको गुलाम हुन्न म आफ्नो पेशा प्रति सय पल्ट सोचेर गर्व गर्दछु । किन कि म एउटा राष्ट्र सेवक कमर्ठ पत्रकार हुँ । मेरो सपना र भबिष्यको गोल पनि यहिँ हो । यसै कारणले पनि म पत्रकार बने र बन्न चाँहे मेरो अगाडीका तमाम पत्रकार गालि खाइ रहेका छन तर म किन फेरी त्यहीँ पत्रकार बन्न चाँहे त अब मेरो मन भित्र हजारौँ प्रश्नको बर्षा हुन थाल्छ , के म बिना जबाफकै बनेको हुँ त, म आफैँ अल्मल मै छु ।
फेरी साचे गाली खाने जति सबै पत्रकार कहाँ हुन र , सबै पत्रकारको पतलो खोल ओढेर भित्र भित्र आफ्नै अलगै कर्मकाण्ड रचेर बसेका कारण पो गालि खाएका हुन । आफ्नो लागि मात्रै गर्ने , भए किन पत्रकारिताको खोल ओढेको मलाई लाग्छ गालि गर्नु स्वभाविक नै हो । आफ्नो धर्म निती भुलेर उल्टै देश लुटिरहेकालाई गालि नगरी के गर्छन त अब फेरी मेरो मनमा खेलि रहेका तमाम प्रश्न लज्जित भए जस्तै लागे सायद मेरो यो तर्क बलियो नै थियो झिना प्रश्नहरुको लागि त, म अलि शान्त भएर सोच्न थाले …………।