धनगढी/धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छिन् ।नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।
कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भने, युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ । कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उनले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गरे ।
कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावलले अहिले देशलाई सहि दिशा तर्फ लैजाने काँग्रेसकै काधमा भएकोले सबै संगठन सुढृीकरण तर्फ लाग्नु पर्ने बताएका छन् । उनले बिगतका ईतिहाज सम्झदै बिभिन्न कालखण्डमा काँग्रेसकै नेतृत्वमा महत्वुर्ण काम भएको समेत बताएका छन् ।
त्ययसै गरी कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले काँग्रेस गाँउमा गएर जनताका घर दैलेमा गएर पार्टीको कामका बारेमा जानकारी गराउनुपर्ने धारण व्यक्त गरेकी छन् । उनले लोकतन्त्र स्थापित गराउन सबै लोकतान्त्रीक पत्रकारलाई आग्रह गरिन् ।
कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला सङ्घका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवालगायतले समसामयिक विषयमा बोलेका थिए । यस्तै समारोहका बिच प्रकाशन समितिका संयोजक शकर बोहरा, सदस्य शेर बहादुर ऐर, प्रदिप पाठक, गगन ऐडी, पुष्कर पौडेल, नवराज पनेरु सम्मानित भएका थिए ।