धनगढी ७ बैशाख/सुदूरपश्चिम प्रदेशसहित अन्य तीन प्रदेशमा आज सामान्य बदली रहेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको संभावना रहेको छ।
यस्तै राती देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको संभावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको जनाएको छ।