धनगढी/ कक्षा ८ को आधारभुत तहको परिक्षामा कैलालीको गोदावरी नगरपालिकाका ९५ प्रतिशत भन्दा बढी विद्यार्थीहरु उत्तिर्ण भएका छन । नगरमा कक्षा ८ को परिक्षामा सहभागी २ हजार ६ सय ४३ जना विद्यार्थीहरुमध्ये ९५ दशमलब ३५ प्रतिशत अर्थात २ हजार ५ सय २० जना विद्यार्थीहरु उत्तिर्ण भएका हुन ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीका अनुसार आधारभुत तहको परिक्षामा नगरका ५६ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । ति विद्यालयमध्ये सामुदायीक विद्यालयहरु २९ वटा र संस्थागत विद्यालयहरु २७ वटा रहेको उनले बताए । उनले २९ वटा सामुदायिक विद्यालयका १ हजार ६ सय ७३ जना र २७ वटा संस्थागत विद्यालयका ९ सय ७० जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका बताए ।
परिक्षामा सहभागी भएकामध्ये सामुदायीक विद्यालयका ९३ प्रतिशत अर्थात १ हजार ५ सय ५८ जना विद्यार्थीहरु उत्तिर्ण भएका शिक्षा शाखा प्रमुख जोशीले बताए । उनले संस्थागत विद्यालयहरुका तर्फबाट पनि ९९ प्रतिशत अर्थात ९ सय ६२ जना विद्यार्थीहरु परिक्षामा उत्तिर्ण भएको बताए । उनका अनुसार सामुदायीक विद्यालयबाट परिक्षामा सहभागी १ सय १५ जना विद्यार्थीहरु र संस्थागत विद्यालयबाट ८ जना विद्यार्थीहरु परिक्षामा अनुत्तिर्ण भएका छन । नगरपालिकामा कुल विद्यार्थीमध्ये ४ दशमलब ६५ अर्थात १ सय २३ जना विद्यार्थीहरु अनुत्तिर्ण भएका उनले बताए ।