धनगढी, ५ बैशाख/ नेपाली काँग्रेस कैलाली जिल्ला सम्मेलनको पहिलो चरणमा हुने वडा सम्मलेन शुरु हुन थालेका छन् । वडा सम्मेलन शुरु हुने क्रममा प्रतिनिधि सभा क्षेत्र नं ५ को धनगढी उपमहानगरपालिका रहेका वडाहरुको सम्मलेनका लागि नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय विपि स्मृती भवनमा मंगलबार छलफल भएको छ ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा वडा सभापतिहरुले वडा सम्मेलन गर्नका लागि जिल्लावाट खटि आएका प्रनिधिसंग छलफल गरेको छ । छलफलका क्रममा वडा सभापतिहरुले सम्मेलन गर्नु पर्ने कामको बारेमा चाँसो राखेका छन् ।
छलफल कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुशीला भट्ट मिश्र, नृप वड, जिल्ला सचिव तथा प्रतिनिधि नृप बहादुर सुनार, जिल्लावाट खटिएका वडा प्रतिनिधि, रतन कठायत, प्रकाश जोशी, सन्तोष मुडभरी, चक्र नेपाली, क्षेत्र नम्बर ५ का सभापति भिम पडाल, क्षेत्र नम्बर ५ (ख) सभापति केशव जोशी लगायतको उपस्थित रहेको छ ।
उपमहानगर सचिव दिनेश जोशीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व नगर सभापति यज्ञराज उपाध्यायले गरेका थिए । जिल्लाभरीका १२६ वडामा सम्मेलनका लागि छलफल भइरहेको प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालले जानकारी दिएका छन् ।