बझाङ ३० चैत्र/बझाङको जयपृथ्वी नगरपालिका वडा नॅ ४ गडखेतमा जेष्ठ नागरिक तथा फरक क्षमता भयका व्यक्तिको गाउमै गयर स्वास्थ्य परिक्षण गरिएको छ । जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिक तथा फरक क्षमता भयका व्यक्तिको स्वास्थ्य परिक्षण गरि उपचारमा सघाउ पुगाउने उध्येस्यले एक दिने स्वास्थ्य जाच कार्यक्रम आयोजना गरिएको हो ।
विहिवार आयोजित स्वास्थ्य जाचमा वडा नॅ ४ गडखेत र विउराडीका गरि २८ जना जेष्ठ नागरिक तथा १२ जना अन्यको गरि ४० जनाको स्वास्थ्य चेकजाच तथा सामान्य उपचार प्रदान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सि अहेव नरेन्द्र थापाले जानकारी दिनु भयो । नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य केन्द्रको पहुच भन्दा टाढा रहेका ग्रामिण क्षेत्रका जेष्ठ नागरिक तथा फरक क्षमता भयकाहरु सहजै रुपमा स्वास्थ्य सॅस्थामा आउन समस्या हुने भयकाले उनिहरुलाई गरदैलोमै गयर सेवा प्रदान गरिने अभियान नै सुरु गरेको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामचन्द्र जोशीले वताउनु भयो ।थप उपचारको आवश्यकता पर्ने भय पहिचान गरेर स्वास्थ्य सॅस्थामै पठाउने गरिएको आधारभुत स्वास्थ् केन्द्र गोलाईका ईन्चार्ज दिपेन्द्र खातीले वताउनु भयो । विहिवार गडखेतमा सम्पन्न स्वास्थ्य जाचमा नरेन्द्र थापा, दिपेन्द्र खाती ,उन्नती अवस्थी,विनोद ओखेडा लगाएतका स्वास्थ्यकर्मीहरुले घरदैलोमै गयर स्वास्थ्य जाच तथा उपचार सेवा दिएका थिए।
घर दैलोमै स्वास्थ्य जाच तथा औषधि प्राप्त गरेपछी आफुहरुलाई सहज भयको गडखेतका जेष्ठ नागरिक कासिराम उपाध्यायले खुसी व्यक्त गर्नु भयो । सो अभियान नगरपालिकाका ११ वडा मध्ये स्वास्थ्य चौकी तथा अस्पतालवाट भौगोलिक ,रुपमा टाढा रहेका ठाउमा केन्द्रित गरिएको छ । हाल सम्म सिद्दमनाना,मयाना छयाला,काप्रा ग्वानि मल्लावाडा,, सुतिया,गडखेत ,बिउराडि लगाएतका ठाउमा सम्पन्न गरिसकिएको छ । यि ठाउका महिला १५० तथा पुरुष ९१ गरि २४१ जनालाई सेवा प्रदान गरिसकिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका स्तरवाट गाउमा पहिलोपटक आयोजना गरिएको भय पनि जयपृथ्वी नगरपालिका ४ वडा कार्यालयको पहलमा आधारभुत स्वास्थ्य केन्द्र सॅग समन्वय गरि सो वडा गोलाई,खातीवाडा,गडखेत र विउराडी टोलमा प्रत्येक महिना जेष्ठ नागरिकलाई घरमै गयर स्वास्थ्य परिक्षण तथा उपचार गरिदै आएको छ । वडा भित्र रहेका जेष्ठ नागरिकलाई लक्षित गरेर गत जेठ महिना देखि नै सेवा सुचारु गर्न पहल थालेको वडाध्यक्ष ईश्वर वहादुर खातीले बताउनुभयो । वडा नॅ ४ मा गाउघर क्लिनिक कार्यक्रम प्रभावकारी वन्दै गयकाले यसलाई निरन्तरता दिरहनुपर्ने जेष्ठ नागरिकले वताएका छन ।



