धनगढी, ३ चैत/नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेश समितिको संयोजकमा बरिष्ठ पत्रकार करुणाकर पाण्डेयलाई मनोनित गरिएको छ ।नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेश समितिका महासचिव हरिष भट्टका अनुसार माघ २१ गते धनगढीमा बसेको प्रदेश समितिको दोश्रो पूर्ण बैठकले बरिष्ठ पत्रकार करुणाकर पाण्डेयको संयोकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको थियो ।
उनलाई नेपाल प्रेस यूनियनको विधान २०४८ छैठौं संशोधन २०७९ को १४ ( द) अनुसार नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेश समितिको सल्लाहकार संयोजकमा मनोनित गर्ने निर्णय गरिएको महासचिव भट्टले बताए । सल्लाहकार संयोजक नियुक्त गरेको पत्र नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष मनामोहन स्वारले पाण्डेयलाई बुझाई सकेको छ महासचिव भट्टले भने, सल्लाहकार सदस्यहरु पछि थप गर्ने कुरो भएको छ ।
पत्रकार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा र नेपाल प्रेस यूनियन केन्द्रीय परामर्श समितिका सदस्य समेत रहेका पाण्डेय नेपाल पत्रकार महासंघले उपलब्ध गराउने सबैभन्दा ठूलो पत्रकारिता सेनानी बाट सम्मानीत ब्यक्ति पनि हुन । जेसीज लगायत बिभिन्न सामाजिक संस्थामा क्रियाशिल पाण्डेयले आफुलाई नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेश समितिले सल्लाहकार संयोजकमा मनोनित गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।