धनगढी, २ चैत/कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ३ चौकिडाँडास्थित सडकमा म १ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बुधबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
दुर्घटना हुँदा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका– ७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।