धनगढी, १५ फागुन/डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो जिप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।सोमबार म १ ज २३८ नम्बरको जिप दुर्घटना हुदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको ज्यान गएको हो।
जिपमा चालकसहित ११ जना यात्रु सवार थिए । केही यात्रु सामान्य घाइत भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । प्रहरी अनुसार सडकमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको थियो । जिपमा च्यापिएर तिरुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।