काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो ।
राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । जसपालाई उपराष्ट्रिपति दिने सहमति भएपनि स्रोतले बताएको छ ।