धनगढी १ फागुन/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गरेका छन् ।नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने सरकारी तयारी भइरहदा प्रधानमन्त्रीले आज गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गरेका हुन ।
प्रधानमन्त्रीले आइतबार बालुवाटारमा सो मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो ।आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना भएका विभिन्न कार्यक्रमलाई सम्वोधन गर्न आएका प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गरेका हुन ।
नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।