धनगढी, १ फागुन । बिश्व रेडियो दिबस को अबसर मा ५ जना सम्मानित भएका छन् । धनगढीमा सोमबार आयोजना गरिएको कार्यक्रममा रेडियोहरुका संस्था सामुदायिक प्रसारक संघ (अकोराब) र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) ले आयोजना गरेको संयुक्त कार्यक्रममा उनिहरुलाई संमान गरिएको हो ।
सम्मानित हुनेहरुमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल , बर्दगोरिया गाउँपालिका का अध्यक्ष कर्ण कुँवर, दार्चुला को मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिँ धामी, बानका पुर्ब अध्यक्ष ज्ञानेन्द्र महता र अकोराब का पुर्व अध्यक्ष दिर्घराज उपाध्याय रहेका छन् ।
सम्मानित हुनेहरुलाई प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेश बहादुर शाहीले संमान पत्र र दोसल्ला ओढाएका थिए । हमाल , कुँवर र धामीलाई रेडियो उधमी हुँदै जनप्रतिनिधि बन्न सफल भएकोमा सम्मान गरिएको बान सुदुरपश्चिमकि अध्यक्ष अमिता कुँवर ले बताईन ।