धनगढी, ६ माघ/नेपाल विद्यार्थी संघ कैलालीको अध्यक्ष मनिष कुँवरलाई धनगढी विमानिस्थलमा भव्य स्वगत गरिएको छ । नेविसंघ कैलालीको अध्यक्षमा कुँवर मनोनित भएपछि आफ्नो गृह जिल्ला आउने क्रममा शुक्रबार नेविसंघका बिद्यार्थीहरुले बधाई तथा स्वागत गरेका छन् । नेविसंघ अध्यक्ष कुँवरलाई विमानिश्स्थलमा स्वागत गरेर ¥याली सहित धनगढी पुगाएका थिए ।
नेविसंघ कैलालीले अध्यक्षमा मनोनित भएपछि विद्यार्थीको अभियन चलायमान बनाउन शनिबार धनगढीमा बृहत अन्तरकृया कार्यक्रम समेत आयोजना गर्ने भएको छ । नेविसंघ कैलालीको अध्यक्षको जिम्मेवारी पाएपछि संगठन प्रति थप जिम्मेबार भएको बताउदै अध्यक्ष कुँवर अब बिद्यार्थीको राजनीतिक अभियानलाई तिब्र पर्ने बताएका छन् ।
नेविसंघ कैलालीमा अध्यक्ष पद रिक्त रहेकोमा केन्द्रिय कार्यालयले कुँवरलाई मंगलबार अध्यक्ष पदमा मनोनित गरेको हो । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले जिल्लाहरुमा रिक्त रहेका पदहरुको विवरण माग गरेको थियो । सोही अनुसार केन्द्रिय कार्यालयले नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तिन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी कुँवरलाई कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।