काठमाडौं/त्रिभुवन विश्वविद्यालयले भोलि (सोमबार)का लागि तय गरेको परीक्षा स्थगित नगर्ने भएको छ । सरकारले आज बिहान पोखरामा भएको विमान दुर्घटनाको शोक भोलि देशैभर सार्वजनिक बिदा दिएको छ ।
तर, सार्वजनिक बिदा भएपनि मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौँथो सेमेस्कोटरको परीक्षा नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
