• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

रेशम नछुटे नागरिक उन्मुक्तिले सुदूरपश्चिममा सरकारलाई समर्थन नगर्ने, अल्पमतमा गठबन्धन

धनगढी २० पुस/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गर्नका लागि रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको छ ।उन्मुक्तिले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको छ । सरकारमा गएको छैन । प्रदेशमा भने रेशमलगायत बन्दी नछुटेसम्म नयाँ गठबन्धनलाई समर्थनै नगर्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूका माग पूरा नभई प्रदेश सरकारमा नजाने बताए । प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन पनि नगर्ने उनको भनाइ छ ।“हामीले सुरुवातदेखि नै आफ्ना माग र मुद्दा अगाडि सारेका छौँ,” संसदीय दलका नेता चौधरीले भने, “जबसम्म रेशम चौधरीसहितका बन्दीहरू छुट्दैनन्, तबसम्म हामी न सरकारलाई समर्थन गर्छौँ न त सरकारमा जान्छौँ ।”

अदालतले दोषी ठहर गरे पनि जनताले रेशमसहितका बन्दीको पक्षमा ‘म्यान्डेड’ दिइसकेको भन्दै उनले बिनासर्त उनीहरूको रिहाइ हुनुपर्ने माग गरे ।टीकापुर घटनाका बन्दी छुटेपछि मात्र प्रदेश सरकार गठन र भागबन्डाका विषयमा छलफल हुने उनले बताए ।

तपाईंहरूले मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएको हो रु भन्ने प्रश्नमा चौधरीले भने, “त्यो त तपसिलको कुरा हो । पहिले त रेशम चौधरी रिहाइको हाम्रो माग जसले पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जाने हाम्रो योजना छ ।” उनले प्रदेश सरकार निर्माणका विषयमा अहिले कुनै पनि दलसँग छलफल नभएको बताए ।

अल्पमतमा नयाँ गठबन्धन

सात प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरे सुदूरपश्चिममा नयाँ गठबन्धन अल्पमतमा पर्ने देखिन्छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । सरकार बनाउन २७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

यहाँ नयाँ गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एक प्रदेशसभा सदस्य छन् । यो गठबन्धनका कुल २२ प्रदेशसभा सदस्य छन् । एक स्वतन्त्र सांसदको समर्थन लिए पनि बहुमतको सरकार बनाउन आवश्यक संख्या पुग्दैन ।

चार प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादीसँगै एक स्वतन्त्रको समर्थन पाए एमाले, माओवादी र राप्रपाले सरकार बनाउन सक्ने अर्को अवस्था पनि छ । नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर १९ प्रदेशसभा सदस्य रहेको कांग्रेस सरकारमा जाने चर्चा समेत सुदूरपश्चिममा छ । नागरिक उन्मुक्ति र कांग्रेस मिल्दा एक स्वतन्त्रको समर्थन पाए मात्र पनि सरकार बनाउन सक्ने अंकगणित पुग्छ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले सरकार बनाउनेबारे नागरिक उन्मुक्तिका नेतासँग सामान्य छलफल भएको बताए । “केन्द्रमा नागरिक उन्मुक्ति सरकारमा नगए पनि समर्थन गरेको छ,” उनले भने, “प्रदेशमा हामीसँग मिलेर जान खोज्छ भने हामी छलफलका लागि खुला छौँ ।”

बुधबार, पुष २०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.