धनगढी, १५ पुस/नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । दलको उप नेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन् । दुबै प्रदेश संसद दोस्रो कार्यकाल प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा चयन गरिएको छ । प्रदेश सभामा नेकापा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन् । सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री र रावल आर्थिक मामिला मन्त्री हुन् ।