धनगढी, १४ पुस/नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट प्रत्यक्षतर्फ निर्वाचित रामेश्वरलाई संसदीय दलको नेतामा चयन गर्ने पार्टीले निर्णय गरेको हो ।
यसअघि पार्टीभित्र संसदीय दलको नेताका लागि पार्टी भित्र रामेश्वरसहित चार जनाको दाबी रहेको थियो । प्रत्यक्षतर्फ पाँच र समानुपातिक तर्फबाट दुई जना गरि सात जना प्रदेश सभा सदस्य रहेकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आँकाक्षी थिए ।