काठमाडौं
। अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दाबीसहित भष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतम र शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले नक्कली ब्यक्ति खडा गरेर बैंकबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । शाखा अधिकृत गौतम र शाखा प्रबन्धक बानियाँले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई बैंकको ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोगसमेत गरेर रकम निकालेको अख्तियारको ठहर छ । कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट उक्त रकम ९३३ करोड ९३ लाख रुपैयाँ० निकालेको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ ।
रकम हिनामिनामा को-को संलग्न रु??
अख्तियारले तत्कालीन कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम र तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित ८ जना बैंकको रकम हिनामिनामा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको छ । त्यस्तै, सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुसँग जनही ३३ करोड ९३ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
