धनगढी, ११ पुस/डिल्लीबजार कारागारमा रहेको रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता तथा सांसदहरूलाई छलफलका लागि बोलाएका छन् ।१० बजे डिल्लीबजार कारागारमा रेशम चौधरीले प्रतिनिधि तथा सदस्य, प्रदेश सभा सदस्य तथा पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न बोलाएका हुन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
त्यस बाहेक सरकारका अन्य बिषयमा अहिले सम्म छलफल भएको छैन । केन्द्र र प्रदेश सरकारमा सहभागी हुने लगायतका बिषयमा छलफल गर्न चौधरीले कारागार बोलाएको एक नेताले बताए ।‘हामीले हिजो प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन ग¥यौँ त्यसबाहेक अन्य कुरामा आज छलफल हुन्छ ।’ ती नेताले भने। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पनि कारागार भित्रै छलफल हुने छ ।
आफ्ना मागहरू सम्बोधन नभए सरकारमा सहभागी नहुने परिस्थिति पनि आउन सक्ने भनाइ छ । अहिले नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको छ । उक्त पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ । बर्दिया २ बाट स्वतन्त्र जितेका रेशम चौधरीका बुवा लालवीर चौधरीले पनि नागरिक उन्मुक्ति रोजिसकेका छन् । यता प्रदेश तर्फ सुदूरपश्चिममा ७ ,लुम्बिनीमा चार र मधेस प्रदेशमा एक जना सांसद छन् ।