बेलौरीका प्रतिष्ठित व्यापारी नेकपामा प्रवेश गरेका छन् । मंगलवार नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टको निवासमा प्रतिष्ठित व्यापारी एवम् बेलौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टेकबहादुर साउँद नेकपामा प्रवेश गरेका हुन् ।
साउँदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्ट, मुख्यमन्त्री त्रीलोचन भट्ट, सुदूरपश्चिम प्रदेश कमिटी सह ( इन्चार्ज लक्ष्मण दत्त जोशी, कञ्चनपुर जिल्ला अध्यक्ष वीर बहादुर थापा ( पातल ) नेकपा सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तारा लामा तामाङ, जिल्ला सदस्य पल्लवराज भट्ट लगायतका वरिष्ठ नेताहरुले टिका लगाएर नेकपामा प्रवेश गराएको नेकपा जिल्ला कमिटी सदस्य भट्टले जानकारी दिए ।
