धनगढी १० जेठ
सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदिय दलका नेता डाक्टर रण बहादूर रावलले मिडियामा सरकारको हस्तक्षप गरी प्रेसमाथी अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।
नेपाल फोटो पत्रकार महासंघ कैलालीको धनगढीमा प्रथम अबिधेशनको उद्घाटन गर्दै उहाले सो कुरा बताउनुभएको हो । अहिलेको सरकारले प्रेस काउन्सील बिधेयक ल्याएर पत्रकारलाई चारै तिर घेरा बन्दी गरी घाटी निमोठ्ने गरी बिधेक ल्याएकोले यसको बिरोधमा सबैले लाग्न समेत अनुरोध गरे ।
डा. रावलले कुनै पनि लोकतन्त्रीक सरकारले यसरी अधिनायकबाद ल्याएर पत्रकारको कलम निमोट्ने ऐनका बिरुद्ध काँग्रेसले संसदमा कुरा उठाईरहेको पत्रकारलाई जानकारी गराए ।
सुदूरपश्चिम प्रदेश सरकारले अहिले सम्म २० प्रतिशत मात्रै बजेट खर्च गरेको बताउदै नेता डा. रावलले प्रदेश सरकार असफलता तर्फ गैरहेकोले यसका कमीकमजोरी पत्रकारिताका मार्फत उजागर गर्नुपर्ने धारणा व्यक्त गरे । उहाले फोटो पत्रकारको खिचेको एक तस्बिरले धेरै कुरा बोल्ने भएकोले आफ्नो बिधामा निखारता ल्याएर फोटो पत्रकारिता गर्न समेत उहाले पत्रकारलाई अनुरोध गरेका छन् ।