धनगढी २२ भदौ । फुलवारी जेसिजको ७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सन् २०१५ मा स्थापना भएको फुलवारी जेसिज आज बाट ६ बर्ष पूरा गरि ७ औँ बर्षमा प्रवेश गरेको छ ।
फुलवारी जेसिज बर्ष २०२२ लागि अध्यक्ष विष्णु ओझाको सभापतित्वमा सञ्चालन भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का कोषाध्यक्ष कमल पनेरू थिए भने विशिस्ट अतिथी मातृशाखा धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डे थिए ।
उक्त कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । धनगढीमा निरन्तर भईरहने रगतको अभाव लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनोज चौधरीले बताए ।
युवाहरूको अन्तरनिहीत प्रतिभा लाई प्रस्फुटन गरि सक्षम नागरिक उत्पादन गर्ने उदेश्यले स्थापना भएको फुलवारी जेसिजले विगतका बर्ष देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।