काठमाडौँ, ५ असार । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीनसय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार रुपैयाँमा आइपुगेको छ।
महासंघका अनुसार चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।