• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौं २, असार

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ। प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आर्थिक वर्ष २०७९/८० को बजेट बुधबार प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन्।

प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो। यस्तै प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ।

किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुगाउने रु २८ करोड विनियोजन गरिएको छ।

यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न सङ्घीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ।

प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । यस्तै कोभिड–१९ महामारी तथा सङ्क्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरिय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ ।

प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सरलगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ।

 

बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.