धनगढी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
गत वर्ष वर्षाले विभिन्न संरचनमा क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमार्ण एवम् पुनः स्थापना गरि पीडितहरुको संरक्षण र सम्भावित जोखिम न्यूनिकरणका गर्न ६९ लाख विनियोजन गरिएको उनले बताए।