धनगढी, ३१ जेठ । धनगढी उपमहानगरपालिकामा रहेको दृष्टि फाउन्डेशनमा स्व.आमाको सम्झनामा खाद्यन्न सामाग्री सहयोग गरेको छ । स्व. आमाको जन्म जयन्तीको अवसरपारी खाद्य सामाग्री सहयोग गर्ने संञ्जय पवन खड्का र छोरी शुशिला, सृष्टि खड्काले खाद्यन्न सामाग्री सहयोग गरेका हुन ।
स्व. आमाको सम्झनामा दृष्टि फाउन्डेशन परिवारलाई २ हजार लिटर पानी ट्याङकी , ५ कट्ठा चामल, २० किलो दाल,१ काटुन तेल, १५ पोका नुन र चाउचाउ २ काटुन सहयोग गरेका छन् । दृष्टि फाउन्डेशनकी सञ्चालक कल्पना भट्टले खड्का परिवारलाई सम्मान गदै धन्यवाद दिएकी छन् ।

