काठमाडौँ, ३० जेठ । सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो।
छापावाल सुन आइतबार ९९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो।त्यस्तै तेजाबी सुनको मूल्य आज ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघको तथ्याङ्कले देखाएको हो। आइतबार १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो।
