काठमाडौँ, १७ जेठ । मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा आइपुगेको छ। तेजावी सुन पनि ९७ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।