धनगढी, २० चैत/कृष्णगोपाल चौधरी टन्टलापुर घाममा खेलमा धान रोप्नमा व्यस्त हुन्छन् । उनको आजभोलीको दैनिकी दिनभर धान रोप्नमै व्यस्त छन् । उनको सबै परिवार चैते धान लगाउनमा लागेका छन् । अहिले टन्टलापुर गर्मीैमा चौधरी लगाएतका कैलालीको भजनी, जोशीपुर र टिकापुरका किसानको दैनिकी यस्तै छ । कैलालीका दक्षिणी पुर्वी क्षेत्रका किसानहरुलाई अहिले चैते धान रोप्ने चटारो भएको छ । बाढी प्रभावित क्षेत्र भएकोले त्यहाका किसानहरु चैते धान प्रति आकर्षीत भएका हुन् ।
‘हरेक बर्ष असोजमा आएको वेमौसमी वर्षाका धानबाली सबै नष्ट गरेर मेहन खेर जान्छ’ उनले भने–‘त्यसैले पनि हामी सबै जिवन धान्न चैते धानमा आर्कषित भएका हुन् ।’ बर्षाका कारण किसानले लगाएको हरेका बर्ष धानबाली नष्ट गर्ने गरेको दुखेसको गर्दै चौधरी चैते धान पनि हामीले भात खान पाएको भन्दै खुशी व्यक्त गर्छन् ।
धेरै किसानले वर्षे धान भित्रत्राउने बेला वर्षाबाट डराएका किसानहरु विस्तारै चैते धानतिर लागेका छन् । रोगको समस्यापनि कमहुने, बाढीबाट पनि बचिने र उत्पादन धेरै हुने भएकाले चैते धान प्रति किसानहरुको आकर्षण बढेको हो ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला समेत हो । पछिल्ला केहीबर्ष यता चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
कैलालीमा एक हजारबढी हेक्टर क्षेत्रफलमा चैत धानको खेतीहुने गरेकोमा कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्कमा उल्लेख छ । यतिबेला कैलालीको जोशीपुर, भजनी र टिकापुर क्षेत्रका किसानहरुलाई चैते धान रोपाईको चटारो छ । डुबानको समस्याबाट पनि जोगिने भएका कारण किसानहरु चैते धान तिर आकर्षित बन्दै गएको हो ।
चैतमा लगाएको धान साउनमा पाक्छ । साउनमा पुनः यहाँका किसानले बर्षे धान रोप्ने गरेका छन् । वर्षेनी तीनबाली फलाउने, यहाँका किसानले जिल्लाको कुलधान रोपाइँ हुने क्षेत्रफल मध्ये एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्ने गरेका छन् । उत्पादन राम्रो हुने, मूल्य पनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको पाईन्छ ।
‘बर्षेनी बाढीको चपेटामा पर्ने क्षेत्र भएकाले पनि बर्षे धान बाढीले बगाउँदा किसानहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको छ’ भजनी–३, की गुलरिया चौधरी भन्छीन‘त्यही भएर पनि बर्षे धानको सट्टा चैत धानतिर किसान लागेका हुन ।’
जिल्लाको भजनी नगरपालिका साथै जोशीपुर र जानकी गाउँपालिकाका किसानहरुले पनि चैते धानखेती गर्दै आइरहेका छन् ।
कुलानाल र बोरिङमोटरबाट रोपाई गर्दै आइरहेका किसानलाइ मलखाद र सिँचाइको प्रमूख समस्या भएको उनीहरुको गुनासो छ ।डुवान क्षेत्रमा जहिले डुवानको समस्याका कारणले चैते धान तिर किसानलाई उत्प्रेरण गराउन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमूख खगेन्द्र प्रसाद शर्माको भनाई छ ।
किसानहरुलाई चैत धान खेतितर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरु लागु समेत गरिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमूख शर्माले जानकारी दिए ।देशकै कूल ग्राहस्त उत्पादनको आँकाडामात्र हर्ने हो भने, पनि धानको योगदान ७ प्रतिशत छ । अन्यक्षेत्रको उत्पादनलाई पर सारेर कृर्षि क्षेत्रमा धान उत्पादनको योगदान २० प्रतिशत देखिन्छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र नेपालले ३२ अर्ब ५० करोडभन्दा बढि रुपैयाँको चामल आयात गरेको देखिन्छ । सुदूरपश्चिम प्रदेशकै अन्नको भण्डार मानिने गरिएको भए पनि कैलालीमा धान उत्पादन हुने क्षेत्रमा विभिन्न कारणले कमिहुदै आएको छ ।
२०६६ को आँकडा हेर्नेहो भने कैलालीमा ७० हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा धान खेति गरिएकोमा तिन लाख १४ हजार ९ सय ९५ मेट्रिक धान उत्पादन भएको थियो ।‘उत्पादन क्षेत्र घटेपनि २०७७ मा धान उत्पादनमा भने उत्साह जनक प्रगति छ’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमूख शर्माले भने–‘६९ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतिमा ३ लाख ३४ हजार ७ सय एक मेट्रिक धान उत्पादन भएको छ ।’
यस वर्ष पनि कैलालीमा धान उत्पादन हुने क्षेत्रमा केहि कमि आएको छ । कैलालीमा यो वर्ष ६९ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतिले एक लाख ६ हजार ६७ मेट्रिक धान मात्र उत्पादन भएको छ । गत बर्ष परेको बेमौसमी वर्षाका कारण किसानले ५० प्रतिशत भन्दा बढि उत्पादित धानको क्षेति भएको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङकमा उल्लेख छ ।