धनगढी, १७ चैत/डोटीको जोरायल गाउँपालिका–३ ठुलढुङ्गाका मुटु क्यान्सरबाट पिडित योगेन्द्र बोगटीलाई एक लाख ५० हजार नगद सहयोग गरिएको छ ।
सामाजिक अभियानता टेकुजङ्ग रावलको नेतृत्वमा योगेन्द्र बोगटी रजवार बचाउ अभियान संचालन गरी बिभन्न दाताबाट रकम संकलन गरी बिहिबार पिडित हाल बस्ने गोदावरी नगरपालिका–४ बास्कोटा गएर बोगटीलाई रकम हस्तान्तरण गरिएको हो ।
सामाजिक क्षेत्रमा सकृय येगेन्द्र बोगटी अहिले मुटुको क्यान्सरबाट समस्यामा आएको सामाजिक अभियान संचालन गरी एक लाख ५० हजार नगद संकलन गरि बुझाएको अभियानता टेकुजङ्ग रावलले जानकारी दिए ।अभियन्ता रावलले डोटी र कैलालीका बिभन्न कलेजका विद्यार्थी र सहयोगीबाट रकम संकलन गरेका थिए ।
सामाजिक क्षेत्रका सकृया बोगटी यस्तो गम्भीर बिरामी र आर्थिक रकम जुटाउन साथीभाई सृकय भएर अभियान चलाएको रावलले जानकारी दिए । सहयोगी सबैलवाई धन्यवाद दिदै रावलले यस्ता कार्यमा सबैलाई अघाडी बढ्न समेत आग्रह गरेका छन् ।