धनगढी, १७ चैत/धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले माछापुच्छ्रे बैंकको शाखा उद्घाटन गरेका छन् ।नगर प्रमुख वडले माछापुच्छ्रे बैंक लिमिटेडको धनगढीस्थित राजपुर शाखाको उद्घाटन गरेका हुन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथि रहेका थिए
नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ। नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने बैकका शाखा प्रबन्धक शिबराज पाठकले जानकारी दिए
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।