धनगढी, ९ चैत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धार्मीक ज्ञान र चिन्तनले मानिसलाई ज्ञानि बनाउने बताएकी छन् । दैनिक तनाव दौडधुपमा हिड्ने जिन्दगीमा केही समय पनि आध्यात्मिक र धार्मीक कार्यमा लागेर पुण्य कमाउन समेत आग्रह गरिन् । आध्यात्मीक ज्ञानले नै जिवनको महत्व बझीन्छ उनले भनिन् सबैले सकारत्मक भवनाले अघि बढौ ।
बुधबार धनगढी सकल जैन समाजले आयोजना गरेको शान्ति पदयात्रा पछि धनगढीमा भएको सभामा बोल्दै डा. आरजु राणाले सो कुरा बताईन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली कांग्रेसका सभापति पत्नी डा आरजु राणा देउवा धनगढीमा भएको शान्ति पदयात्रामा सहभागी भएकी थिईन् ।
धनगढी सकल जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा बुधबार शान्ति सहभागी भएकी हुन् । शान्ति पदयात्रा धनगढीको सेती प्रादेशिक अस्पतालदेखि ओम पार्टी प्यालेससम्म आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज एवं विराग मुनिजी महाराजले प्रवचन दिएका हुन् । धनगढी बजारमा गरिएको पदयात्रामा आरजुसँगै धनगढीका मेयर नृप वड, कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत धार्मिक अगुवाहरूको सहभागिता रहेको थियो ।
