धनगढी, ७ चैत/ मंगलबार बिहान पुन: आठ बजे वार्ता गर्ने गरि सहमतिमा कैलालीको लम्की सडक खण्ड खुलाइएको प्रहरीले जनाएको छ।
कैलालीमा अवरुद्ध पूर्व पश्चिम राजमार्ग खुलेको छ। सोमबार ११ बजेदेखि अवरुद्ध पारिएको राजमार्ग खुलाइएको हो।
कैलालीको लम्की १० मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको थियो। २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए।