काठमाडौं । फिल्म ‘मखमली मखमली’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । फिल्म मङसिर १३ गतेबाट रिलिज हुने भएको छ । फिल्म सावित्रा चिलुवालले निर्माण गरेकी हुन् । प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुई ओटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ ।
दुबै पोष्टरमा जयकिशन हास्य अबतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाईएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मँगलशुत्रमा सजिएको देखाईएको छ ।
