धनगढी, २ फागुन/नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले कैलाली कारागारमा रहेका टीकापुर राजबन्दीलाई आर्थिक सहयोग गरेको छ ।
बिहिबारबाट शुरु हुन लागेको होली पर्व मनाउन सहज होस भन्ने उद्देश्यले क्षेत्रीय समितिले उनीहरुलाई आर्थिक सहयोग गरेको हो । हामीले नगद र फलफुलसहित बुधबार टीकापुर घटनाका बन्दीहरुलाई सहयोग गरेका छौं’ क्षेत्रीय सभापति प्रकाश शाहले भने –‘बिहिबार उनीहरुका परिवारलाई सहयोग गर्ने भनी हाम्रो समितिको बैठकलेनै निर्णय गरेको छ ।’
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी, प्रदेश उप–सभापति जनक राज चौधरी, महासमिति सदस्य नवराज रावल, अरुण चौधरी, क्षेत्रीय सभापति पति प्रकाश शाह, महाधिवेशन प्रतिनिधि प्रदीप चौधरी, चेतमान खत्री, क्षेत्रीय सचीव धनन्जय रिमाल ९फकिर०, प्रदेश महाधिवेशन प्रतिनिधि कृति सिंह बम, नगर सभापति नरेश कुमार खत्री, सचिव बिरेन्द्र कुवर, समाजसेवी तिर्थ राज बोहरा लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा उनीहरुले टीकापुर बन्दीका समस्या, अवस्था लगायतका बारेमा पनि जानकारी लिएका थिए ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य रामजनमले पार्टीभित्र टीकापुर घटनाका बन्दी र उनीहरुका परिवारको अवस्थाबारे छलफल भइरहेको बताए । उनले टीकापुर घटनामा संलग्न रहेको भन्दै निर्दोष व्यक्तिहरुले कैद जिवन विताउनुपरिरहेको बताए ।
