धनगढी, १६ फागुन/नेपाली काँग्रेस कैलालीको मतदान आईतबार साँझ सम्पन्न भएको छ । मतदान सकिएपछि अन्तिममा एक मतमा बिवाद आएपछि तिनै उम्मेदबारको सहमतीमा खामबन्दी गरेर गरेर निर्वाचन अधिकृतको जिम्मा लगाएको छ ।
मतपेटीका शिल गरिसकेपछि अन्तिममा अपांग मतदाता आईपुगेपछि तिनै उम्मेदबारको सहमतिमा मताधिकार दिने सहमति भएको थियो । उम्मेदबारको सहमपति पछि त्यो मतपत्रलाई मुचुल्का वनाई निर्वाचन समितिलाई जिम्मा लगाएको निर्वाचन अधिकृत टेकप्रसाद सुबेदीले जानकारी दिए ।