धनगढी ८ फागुन/शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नियन्त्रणमा लिएको थियो । सार्वजनीक बिदाको दिन मापसे गरि चलाइएको दिपायल सिलगढी नगरपालीकाको मोटरसाईकल प्रहरी फन्दामा परेको छ ।उत्त मोटरसाईकलमा पछाडी युवती सवार थिईन भने बेलुकी ५ः३० को समयमा उनीहरु अत्तरिया चौराहा वरीपरी फन्को लगाइरहेका थिए ।
नगरपालीकामा कार्यरत लेखापाल भत्तराज भट्टले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको पाएपछी प्रहरीले मोटरसाईकल लिएको हो । क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रतीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाईकल एक हजार जरीवाना तिराएर छोडीएको छ । उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति भने लिएका थिए। उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय खुलेन।