धनगढी, ५ फागुन/डोटीको दिपायलसिलगढी नगरपालिका–१ तिखाका स्थानीयबासी बर्षौदेखी खानोपनिको समस्या झेल्दै आएका छन् । त्यहाका स्थानीयबासी खानेपानीका लागि पैदल एक घण्टाको पानीको मुहानबाट पानी प्रयोग गर्दै आएका छन् ।
तिखा, सिरखोली र गोसेडाका स्थानीय पानी लिन आधा दिननै लाग्ने गरेको स्थानीय युवा अगुवा शिबराज खड्काले जानकारी दिए । पटक–पटक स्थानीय जनप्रतिनिधीलाई ताकेता गराउदा पनि कतैबाट पहल नभएको खड्को गुनासो छ ।‘एक जनाको समय त दिनभर पानी लिन नै जान्छ’ स्थानीय देबबहादुर साँउदको दुखेसो पोखे– ‘ बर्षौदेखी खानेपानीकै समस्याले भोग्दैछु ।’ त्यहा तिन गाँउ तिखा, सिरखोली र गोसेडाका दुई हजार घरधुरीको समस्या त्यस्तै छ । उनीहरुको बर्षौदेखीको समस्या अहिले सम्म पनि सम्बोन गरेको छैन । ‘गाँउघरमै सिहदरबार आयो भन्छन् हाम्रो सिहदबारले पानेपानीको समस्या समाधन कसैले गरेन’ युवा अगुवा खड्काले भने– ‘महिलाहरुको दैनिकी यसरी नै बित्छ ।’
बिहानै उठेर खानेपानी लिन धारामा लाईन लाग्नुपर्ने बाध्यता भएको स्थानीय धनसरा बिकले गुनासो सुनाईन् । पानी लिन दैनिक दुई तिन घण्टा धारामा पालो कुर्नुपर्ने हुन्छ बिकले भनिन्–‘हाम्रो समस्या कसैले सुनेन ।’ पिउनाका लागि त निकै समस्या छ नहाउन कपडा धुन खोला नै पुग्नुपर्ने उनीहरुको समस्या छ । बिगत ४० बर्षदेखी हाम्रो समस्या यस्तै छ त्यहाका स्थानीय पिडा सुनाउछन् ।
उता दिपायलसिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले भने त्यहा पानीको स्रोत नहुदा समस्या भएको बताएकी छन् । नगरको बजेटबाट सो क्षेत्रमा तिन करोडको लागतमा खानेपानीको पहुच पुगाउने लक्ष्य लिएको मलासीले जानकारी गराएकी छन् । सो क्षेत्रमा खानेपानीको काम तिब्र रुपमा भैरहेकोले एक महिना भित्रै जनता खानेपानीको पहुचमा पुग्ने मेयर मलासीको दाबी छ ।